काभ्रेको भुम्लुमा बस दुर्घटना, २३ जना यात्रु घाइते



काभ्रे, साउन ३ — काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८, पौवा स्थित भित्री सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रामेछाप डोरखानीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। बसमा कुल ३२ जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको अवस्था खतरामुक्त रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ।

दुर्घटनाको थप विवरण र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्