गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण



काठमाडौं,साउन ३ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले गत आर्थिक वर्षमा दैनिक २.५५ किलोमिटर सडक निर्माण भएको बताएका छन्  ।

आज सामाजिक सञ्जालमा समृद्धिको बाटो, पछिल्लो छ वर्षयता मुलुकले सबैभन्दा ठूलो भौतिक पूर्वाधारमा फड्को मारेको बताएका हुन् । उनका अनुसार चालु आवमा ९३२ किलोमिटर सडक कालोपत्र भएको समेत उल्लेख गरेका छन्  ।

उनले आजभन्दा छ वर्ष अगाडि आफ्नै सरकार हुुँदा भौतिक पूर्वाधार विकासको गति उच्च भएको रेकर्ड रहेको र त्यसबीचमा फेरि त्यो गति घटेको बताए । अहिलेको फेरी पूर्वाधार विकासको गति बढेको तथ्याङ्क प्राप्त भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले आजै इन्जिनियर्स डेको शुभकामना दिँदै भौतिक पूर्वाधारदेखि प्रविधिको विकाससम्म भरपर्दो जनशक्ति इन्जिनियरहरु भएको बता ।

प्रतिक्रिया दिनुहोस्