सागर सुनारको गीत “प्रश्न” सार्वजनिक, युवाको मनभित्र लुकेको पीडा उजागर
काठमाडौं,साउन ३ । सागर सुनारको शब्द र संगीतमा तयार भएको नयाँ गीत “प्रश्न” सार्वजनिक भएको छ। लागूपदार्थको लतमा फसेका नेपाली युवाको मनस्थिति र सामाजिक यथार्थलाई उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले “ड्रग आदत (Drugs Addiction) अपराध होइन, यो एक बिमारी हो” भन्ने गहिरो सन्देश बोकेको छ।
शिशिर बिटको संगीत संयोजनमा तयार भएको यस गीतमा कुमार दर्नाल, रेवत गहतराज, सागर सुनार र रैमन सुनारले अभिनय गरेका छन्। सजन गौतमको छायांकन, विकास बराईली, सजन गौतम र साहिल विश्वकर्माको निर्देशनमा निर्माण भएको गीत कर्निभल रेकर्ड्सको स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतले लागूपदार्थको असरले गर्दा युवामा पैदा हुने मानसिक संघर्ष, पारिवारिक दूरी र सामाजिक बेथिति जस्ता विषयहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। युवाहरूको भोगाइलाई गीतको माध्यमबाट मार्मिक रूपमा व्यक्त गरिएकाले यो गीतले समाजमा चेतना फैलाउने विश्वास लिइएको छ।
भिडियो हेर्नुस् :

