विद्यालय शिक्षा विधेयकमा सहमति नजुट्दा छलफल रोकियो



काठमाडौँ, साउन ४ – प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक शिक्षकको बढुवासम्बन्धी विषयमा सहमति जुट्न नसक्दा दुई सातादेखि छलफल रोकिएको छ।

शिक्षामन्त्री रघुजी पन्तले सरोकारवालासँग थप छलफल आवश्यक रहेको भन्दै असार २२ पछि बैठक स्थगन गरिएको हो। समितिका सभापति अम्मरबहादुर थापाले मन्त्रीलाई समय दिइए पनि अहिलेसम्म बैठक तय नभएको बताए।

नेपाल शिक्षक महासङ्घले बढुवामा आवश्यक अङ्क हटाउन दबाब दिँदै आएको छ भने मन्त्रालय छलफलमै रहेको बताउँदै आएको छ। सहमति नजुटे शिक्षा ऐन नआउने आशंका बढेको छ।

शिक्षक महासङ्घले साउन २१ सम्म ऐन नआए आन्दोलन गर्ने चेतावनी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्