टोखा झोरमा एसइई उत्तीर्ण विद्यार्थीहरू सम्मानित
काठमाडौं,साउन ४। टोखा नगरपालिका–१ मा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक भव्य समारोहबीच सम्मान गरिएको छ।
शनिबार झोरस्थित झरना पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको शैक्षिक सफलताप्रति शुभकामना व्यक्त गरिएको हो। नेकपा (एमाले) टोखा–१ वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री अमन मास्के प्रमुख अतिथि रहेका थिए।
समारोहमा वडा कमिटी अध्यक्ष दिलबहादुर तामाङको अध्यक्षता, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको विशेष उपस्थिति तथा विभिन्न विद्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र अभिभावकहरूको उपस्थिति रहेको थियो।
वडा नम्बर १ भित्र रहेका दुई सामुदायिक र दुई निजी विद्यालयबाट एसइई उत्तीर्ण भएका विद्यार्थीहरूलाई सम्मान गरिएको हो। सम्मानित विद्यार्थीहरूमा बौडेश्वर माध्यमिक विद्यालयबाट २८ जना, झोर महान्काल माध्यमिक विद्यालयबाट १२ जना, त्रिवेणी अङ्ग्रेजी माध्यमिक विद्यालयबाट २० जना र पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयबाट २८ जना रहेका छन्।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरू हरिकृष्ण धिताल (झोर मावि) र घनश्याम खतिवडा (बौडेश्वर मावि), रामहरि अधिकारी (त्रिवेणी अङ्ग्रेजी माध्यमिक विद्यालय) एमाले नेता कृष्णप्रसाद अधिकारी, पूर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै विद्यार्थी, अभिभावक र विद्यालय समुदायको योगदानको प्रशंसा गरेका थिए।
भिडियो हेर्नुस् :

