पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता



पर्वत, साउन ४।”पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा शनिबार राति आएको पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्।

स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमती विश्वकर्मा पहिरोले पुरिँदा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। घटना हुँदा उनीहरू आफ्नो एकतले घरमै रहेको र सोही घर पहिरोले पुरिएको बताइएको छ।

उक्त घरमा रहेका छविलालका बुहारी ३२ वर्षीया पवित्रा विश्वकर्मा भने पहिरो खस्नेबित्तिकै बाहिर हम्फालेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा बेपत्ता दम्पतीको खोजी तथा उद्धार कार्य जारी छ।

शनिबार रातिदेखि पर्वतसहित आसपासका क्षेत्रमा लगातार भीषण वर्षा भइरहेको छ। वर्षासँगै नदी–नाला र खोलामा पानीको बहाव तीव्र भएको छ भने पहिरोको जोखिम समेत बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्