गण्डक नहरमा एक पुरुषको शव फेला
नवलपुर,साउन ५ । नवलपुरमा एक जनाको शव फेला परेको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–७, साइफोन नजिकै पश्चिम जाने गण्डक नहरको ३ नम्बर ढोकामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार घोप्टो परेको अवस्थामा फेला परेको शवको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई पानीबाट बाहिर निकालेर अनुसन्धान भइरहेको उनले बताए ।

