माछापोखरीमा पसल सञ्चालन गर्दै आएका नुवाकोटका शिवराम ढकाल सम्पर्कविहीन



काठमाडौं,साउन ५ — नुवाकोट, तारकेश्वर–३, तारुका स्थायी निवासी र हाल काठमाडौंको तारकेश्वर–८, शान्तिटोलमा बसोबास गर्दै आएका ४१ वर्षीय शिवराम ढकाल पछिल्ला केही दिनदेखि सम्पर्कविहीन भएका छन्।

गत श्रावण ३ गते दिउँसो २ बजेदेखि बेपत्ता भएका ढकाल अन्तिम पटक गंगबु चोकमा देखिएका थिए। उनी काठमाडौंको माछापोखरी क्षेत्रमा मदिरा पसल सञ्चालन गर्दै आएका थिए।

परिवारका अनुसार शिवरामको हालसम्म कुनै सम्पर्क हुन सकेको छैन। उनी सम्पर्कविहीन भएपछि घरमा रहेका वृद्ध आमा–बुवा, श्रीमती र साना छोराछोरी अत्यन्तै मानसिक तनावमा रहेका छन्।

कसैले उनलाई देखेमा वा उनीसम्बन्धी कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा वा मोबाइल नम्बर ९८६४२५१०४३ मा खबर गर्न परिवारले अनुरोध गरेका छन्।

“शिवराम भाइ, जहाँ हुनुहुन्छ, कृपया एक पटक घरमा खबर गरिदिनुहोस्। परिवार तपाईंको प्रतिक्षामा छ,” परिवारका सदस्यले भावुक अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्