गाजामा चरम खाद्यान्न संकट, चौबीस घन्टामा १० प्यालेस्टायनीको भोकभरीले मृत्यु



काठमाडौं,साउन ८ । इजरायलले गाजामा खाद्यान्न आपूर्तिका सबै बाटाहरु बन्द गरेपछि गाजामा व्यापक भोकमरीको अवस्था सिर्जना भएको छ ।

सीमित रुपमा उपलब्ध भएका खाद्यान् वितरण केन्द्रहरुमा भोकग्रस्त बालबालिकाहरु खाद्यान्नका लागि संघर्ष गरिरहेका दृश्यले संसारभरको ध्यानाकर्षण गराएको छ ।

सयभन्दा बढी सहायता संस्थाहरुले गाजामा चरम भोकमरीको अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । साथै गाजाबासीलाई गम्भीर मानवीय संकटको अवस्थाबाट मुक्त गर्न तत्काल कदम चाल्न आग्रह समेत गरेका छन् ।

गत मार्च २ देखि इजरायलले गाजाका युद्धग्रस्त क्षेत्रमा पूर्णरुपमा नाकाबन्दी गरेपछि पानी, खाद्यान्न, औषधि लगायत अतिआवश्यक वस्तुहरु चरण अभाव भइरहेका छ । बालबालिकाहरु कुषोषणले ग्रस्त भएका छन् ।

पछिल्लो २४ घन्टामा मात्रै कुपोषणका कारण १० प्यालेस्टायनीको मृत्यु भएको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाले सम्भावित युद्धविराम र सहायता करिडोर खोल्न पहल गर्न उच्च अमेरिकीदूतलाई वार्ताका लागि युरोप पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्