काँग्रेस अझ एकताबद्ध भएर अघि बढ्छ: सभापति देउवा
धादिङ,साउन ९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस पार्टी अब एक भएर अघि बढ्ने बताएका छन् ।
धादिङ काङ्ग्रेसका संस्थापक सभापति भरत प्रसाद उप्रेतीको १३ औं दिनको श्रद्धाञ्जली सभामा धादिङको धुनीवेशीमा बोल्दै सभापति देउवाले धादिङबाट काङ्ग्रेस एक भएर अघि बढ्ने सन्देश दिएका हुन् ।
सभापति देउवाले अहिलेको संविधानमा समावेशिताका हिसावले उत्कृष्ट रहेको तर संविधानले अवलम्बन गरेको निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत ल्याउन कठिन हुने उल्लेख गरे ।
तर यस्तो अवस्थामा पनि सबै एकजुट भएर अघि बढे काङ्रेसले बहुमत ल्याउन सक्ने उनको भनाइ थियो।
बहुमत ल्याउनको लागि सबै एकजुट हुन र मेहनत गर्न पनि सभापति देउवाले सबै कार्यकर्तालाई आग्रह गरे ।

