शुक्रबार प्रतिताेला ५०० रूपैयाँले घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?



काडमाडाैं,साउन ९ । शुक्रबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । हिजो एकैदिन तोलामा २४०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलमा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलामा १ लाख ९४ हजार ७०० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला १ लाख ९५ हजार २०० रूपैयाँमा किनबेच भएकाे थियाे ।

यता चाँदीकाे मूल्य भने ताेलामा ५ रूपैयाँले बढेकाे छ । हिजाे प्रतिताेला २ हजार ३३५ रूपैयाँमा खरिद बिक्रि भएकाे चाँदीकाे मूल्य यस दिन २ हजार ३४० रूपैयाँ ताेकएकाे छ ।

प्रतिक्रिया दिनुहोस्