बाँकी जीवन देश र जनताको सेवामा समर्पित गर्छु : पूर्व राष्ट्रपति भण्डारी



काठमाडौं,साउन ९ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी जीवन राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने बताएकी छिन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन् ।

‘‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन’’, पत्रकार सम्मेलनमा सार्वजनिक विज्ञप्ति वाचन गर्दै उनले भनिन, ‘‘यो संवैधानिक अधिकार मात्र होइन, बरु म राजनीति गरेर, पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको हुँ र आफ्नो बाँकी जीवन पनि राजनीतिमा लगाएर नै देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेकी हुँ ।’’

प्रतिक्रिया दिनुहोस्