पञ्चकन्या गाउँपालिकाले माग्यो मकैको खोया, किसानलाई आम्दानीको अवसर



नुवाकोट,साउन ९— पञ्चकन्या गाउँपालिका, नुवाकोटले स्थानीय किसानले उत्पादन गरेको मकैको खोया खरिद गर्न सुरु गरेको छ। गाउँपालिका कार्यालय अनुसार भक्तपुरमा रहेको विनिशा एण्ड भावेश मसरुम उद्योगले मकैको खोया प्रयोग गरी च्याउ उत्पादन गरिरहेको जनाएको छ।

उद्योगलाई आवश्यक मकैको खोया गाउँपालिकाले प्रतिकिलो ५ रुपैयाँको दरले खरिद गर्ने जनाएको छ। खोया संकलन गर्न इच्छुक कृषक, सहकारी वा सर्वसाधारणलाई संकलन गरेको खोया राम्ररी सुकाएर सफा राख्नुपर्ने हुन्छ ।

खोया पानीले नभिजेको र राम्ररी सुकाएको हुनुपर्ने उल्लेख गरिएको छ। मकै छुट्ट्याउदाको खोया राम्रोसँग भण्डारण गरेर मात्र बुझाउन आग्रह गरिएको छ।

उद्योगले संकलित खोयाको मूल्य प्रतिकिलो ५ रुपैयाँका दरले तिर्नेछ भने संकलनकर्तालाई प्रोत्साहनस्वरूप प्रतिकिलो १ रुपैयाँ अतिरिक्त सहयोगस्वरूप प्रदान गरिने जानकारी दिइएको छ।

एक पटकको संकलनपछि कम्पनिले खोया तौल गरी नगद भुक्तानी गरिने र गाडीमार्फत खोया बोक्ने व्यवस्था समेत मिलाइने छ।

प्रतिक्रिया दिनुहोस्