नुवाकोटका दर्जनौँ स्थानमा शनिबार विद्युत सेवा अवरुद्ध हुने
नुवाकोट, साउन ९ – नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले भोलि शनिबार नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार त्रिशूली सब-स्टेशनको मर्मत तथा सुदृढिकरण कार्यका लागि शनिबार बिहान ७:०० बजेदेखि ८:३० बजेसम्म विद्युत आपूर्ति रोकिनेछ।
यस अवधीमा नुवाकोट दरबार, ढिकुरे, फेदिबेसी, चोगडे, कुवापानी, महभिर, कटुन्जे, बोहोरे, फटपुर, तुप्चे, बेत्रावती, आगुंटार, कोलोनी, विदुर, बट्टार, पिपलटार, इनारपाटी, गंगटे, कागुने, मुलाबारी, गौरिबेसी, देउडी, सामरी, किम्ताङ, बुंङताङ, देउराली लगायतका क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ।
ग्राहकहरूलाई यसबाट पर्न सक्ने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमा याचनासमेत गरेको छ। साथै, निर्धारित समयभन्दा चाँडै कार्य सम्पन्न भएमा लाइन पनि समयभन्दा पहिले सुचारु गरिने जानकारी दिइएको छ।


