जन्मदिनको अवसरमा गुरुकुल विद्यार्थीहरूलाई खाद्यान्न सहयोग
नुवाकोट, साउन १० –पञ्चकन्या गाउँपालिका–२ निवासी अमृत मिश्र, अनन्या मिश्र तथा अप्सरा मिश्रले आफ्नो जन्मदिनको अवसरमा ब्रह्मेश्वर वेद विद्याश्रम गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूलाई टीका-दक्षिणा सहित भोजनका लागि आवश्यक खाद्यान्न सामग्री सहयोग गरेका छन्।
उनीहरूले शनिबार गुरुकुललाई १ बोरा चामल, ८ केजी आलु, २ केजी तरकारी, ३ केजी दाल, २ लिटर तेल, २ प्याकेट नुन तथा मरमसला प्रदान गरेका हुन्। सो अवसरमा गुरुकुलका विद्यार्थीहरूलाई टीका र दक्षिणा समेत वितरण गरिएको थियो।
गुरुकुल परिवारले मिश्र परिवारको सुस्वास्थ्य, दीर्घायु एवं समृद्ध जीवनको कामना गर्दै भगवान् ब्रह्मेश्वरसँग मंगल प्रार्थना गरेका छन्। साथै, समाजसेवा र शिक्षासंस्थामा निरन्तर सहयोग पुर्याउँदै आएका मिश्र परिवारप्रति गुरुकुलले आभार प्रकट गरेको छ ।

