सिन्धुलीका हायू परिवार पोखरामा फेला, घुम्न गएको पुष्टि
सिन्धुली, साउन १२ । विगत केही दिनदेखि सम्पर्कविहीन रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का हायू परिवार पोखरा घुम्न गएको खुलेको छ।
शुक्रवारदेखि सम्पर्कविहीन रहेका उर्मिला हायूको परिवार पोखरामा सुरक्षित अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य सुवेदीका अनुसार उनीहरू पोखरामा रहेको पुष्टि भएको हो।
प्रहरीले उनीहरूलाई पोखरा पुर्याउने गाडी चालकसमेत सम्पर्कमा आइसकेको जनाएको छ। चालकका अनुसार हेटौँडा हुँदै उनीहरूलाई पोखरा पुर्याएर आफू पुनः सिन्धुली फर्किएको जानकारी दिएका छन्।
उर्मिला हायूकी छोरी–ज्वाइँ भने यसअघि नै काठमाडौंबाट सम्पर्कमा आएका थिए। परिवार सम्पर्कविहीन भएपछि खोजी कार्य अघि बढाइएको थियो। हाल सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ।

