सिन्धुलीबाट हराएका हायु परिवारका सबै १६ जना पोखरामा फेला परे



काठमाडौं,साउन १३ । सिन्धुलीको गोलञ्जोर-६ बाट हराएका एकै परिवारका १६ जना फेला परेका छन ।

उनीहरु पोखरा-३० स्थित सोमनाथ पौडेल र सोही स्थानका चन्द्र भण्डारीको घरमा फेला परेका हुन ।

१६ जना मध्ये १२ जना पौडेलको घरमा र ४ जना भण्डारीको घरमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

कास्कीका सहायक सिडिओले उनीहरु फेला परेको जानकारी दिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसासले पुष्टि गरेका हुन्  ।

प्रतिक्रिया दिनुहोस्