प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाने
काठमाडौं,साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्।
उनी संयुक्त राष्ट्रसंघको विकासोन्मुख भूपरिवेष्टित मुलुकहरूको सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान जान लागेका हुन्। साउन १८ गते भ्रमण मिति तय गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृति प्रदान गरेको सहभागी एक मन्त्रीले बताए।

