संघसंस्थामा माओवादीले फरकपन देखाउनुपर्छ : अध्यक्ष प्रचण्ड



काठमाडौं,साउन १३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नेतृत्व लिएका सामाजिक संघसंस्थामा मौलिक सोच र फरकपन झल्किनु पर्ने बताएका छन्।

काठमाडौंमा आयोजित “सामाजिक न्याय, समावेशिता र सामाजिक संघ-संस्थाको भूमिका” विषयक अन्तर्क्रियामा बोल्दै उनले बदलिँदो राजनीतिक परिस्थितिमा माओवादी कार्यकर्ताले संघसंस्थामा सकारात्मक हस्तक्षेप गर्दै जनविश्वास कायम गर्नुपर्ने बताए।

प्रचण्डले परम्परावादी दलको सहभागिताले सहकारी र संघसंस्थामा समस्या देखिएको उल्लेख गर्दै दातृ निकायको बजेटलाई राज्य लेखामा ल्याउने पहल गरिएको जानकारी दिए।

उनले स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणालाई जनस्तरसम्म पुर्‍याएर माओवादीलाई फरक पार्टीको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्