गल्छी-रसुवागढी सडक निरीक्षणमा मन्त्री, मितेरी पुल निर्माण चाँडै थालिने
काठमाडौं,साउन १३ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले मंगलबार गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसि रसुवागढि सडकको निरीक्षण गरेका छन् ।
मन्त्री दाहाल सहितको टोलिले नेपाल चीन सिमा स्थित बाढीले बगाएको मितेरी पुल सम्म निरीक्षण गरेको हो । त्यस क्रममा मन्त्री दाहालले निर्माणाधिन सडकको निर्माण कार्य तिब्र पार्न निर्देशन दिए । नदीबाट हुने क्षति समेत नियन्त्रणतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् । यस्तै उहाले चीन तर्फ रोकिएका नेपालीको अवस्था बारे पनि चासो राखेका थिए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले चिनिया पक्षसङ समन्वय गरि नेपालीहरु ल्याउने र समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिए ।
मितेरी पुल निर्माणको कार्य चिनिया पक्षले छिटो अघि बढाउने सडक बिभागका महानिर्देशक बिजय जैसीले बताए । यस्तै सुइ शुभराज न्यौपानेले सडक अवरुद्ध हुन नदिने गरि निरन्तर मर्मतको काम भैरहेकोे जानकारी दिए ।

