भीषण रूसी आक्रमणमा २५ युक्रेनीको मृत्यु
किभ,साउन १४ । रुसले युक्रेनमा गराएका भीषण हवाई आक्रमणमा २५ जनाको मृत्यु भएको छ। मृतकमध्ये २३ वर्षीया गर्भवती महिला र १६ जना कैदी परेका छन्। डनिप्रो र खार्किभ क्षेत्रमा अस्पताल र आवासीय क्षेत्रमा आक्रमण हुँदा सर्वसाधारण मारिएका हुन्।
जापोरिझियास्थित एक जेलमाथि गरिएको हवाई हमलामा १६ कैदीको मृत्यु र ४० बढी घाइते भएको राष्ट्रपति जेलेन्स्कीले जनाए । युक्रेनले यसलाई योजनाबद्ध युद्ध अपराध भनेको छ भने रुसले सर्वसाधारणलाई लक्षित नगरेको दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुसलाई आक्रमण रोक्न अल्टिमेटम दिएका केही घण्टामै आक्रमण भएको हो। समयसीमा उल्लङ्घन भएमा कडा प्रतिबन्ध लाग्ने चेतावनी दिइएको छ।
रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा, दुबै पक्षबीच द्वन्द्व चर्किंदै गएको छ। रुसले केही नयाँ क्षेत्र कब्जा गरेको दाबी समेत गरेको छ।

