१४ सयले बढ्यो तोलामा सुन



काठमाडौं,साउन १४ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो भने चाँदी पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्