स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड पुनः अवरुद्ध
रसुवा,साउन १४ । रसुवामा १४ गते बुधवार बिहान भोटेकोसीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले ठाउँ ठाउँमा सडक कटान गरी बगाए पछि अवरुद्ध भए भएको हो । घट्टे खोला र टिमुरेको बीच स्थानमा सडक कटान गरेको छ भने कल्याङकुलुङ तथा रोङ खोला नजिक पनि सडक कटान गरी केही टहराहरू बगाएको छ । यसै गरी स्याउ पार्किङ, आर्मी ब्यारेक नजिक पनि सडक कटान गरेको छ ।
त्यस्तै २४ गतेको बाढीमा फसेका २ वटा पिक अप भ्यान पनि बुधवारको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।असार २४ गते मङ्गलवार आएको बाढीले १० स्थानमा स्थानमा करिब तेह्र सय मिटर सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किमीमा आवतजावत ठप्प भएको थियो । साउन ४ गतेदेखि एकतर्फी रूपमा खुलेको उक्त सडक पुनः अवरुद्ध भएको छ ।
असार २४ गते मङ्गलवार आएको बाढीले १० स्थानमा स्थानमा करिब तेह्र सय मिटर सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किमीमा आवतजावत ठप्प भएको थियो । साउन ४ गतेदेखि एकतर्फी रूपमा खुलेको उक्त सडक पुनः अवरुद्ध भएको छ ।

