प्रहरी हवल्दार दिलिप तामाङलाई दर्ज्यानी चिन्हद्वारा सु-शोभन
नुवाकोट, साउन १४ — जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पदोन्नति भएका प्रहरी हवल्दार दिलिप तामाङलाई दर्ज्यानी चिन्हद्वारा सु–शोभन गर्ने कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रअनुसार प्राविधिक प्रहरी समूहअन्तर्गत प्रहरी सहायक हवल्दारबाट हवल्दारमा पदोन्नति भएका तामाङलाई प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक विक्रम लामाको उपस्थितिमा सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लामाले पदोन्नति प्राप्त प्रहरी हवल्दारलाई बधाई दिँदै अझ जिम्मेवारीपूर्वक, इमान्दारिताका साथ र व्यावसायिक ढंगमा कर्तव्य निर्वाह गर्न निर्देशन दिएका थिए।

