रसुवामा भोटेकोशी नदीमा आकस्मिक बाढी, संरचनात्मक क्षति



रसुवा, साउन १४ — चीनमा परेको भारी वर्षाका कारण भोटेकोशी नदीमा आकस्मिक बाढी आउँदा रसुवामा ठुलो संरचनात्मक क्षति पुगेको छ। बुधबार बिहान करिब २ बजे जलसतह एक्कासी बढेपछि आएको बाढीले स्याफ्रुबेशी–रसुवागढी सडकखण्ड पूर्णरूपमा अवरुद्ध बनाएको हो।

प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीले करिब ५४० मिटर सडक कटान गरेको छ भने जलविद्युत आयोजना, भन्सार यार्ड, चेकपोष्ट नजिकका संरचना र पुलहरू जोखिममा परेका छन्।

गोसाइँकुण्ड–५ स्थित रोङ्गा पुल नजिकैका चारवटा टहरा बगाएको र त्रिशूली थ्रीए तथा थ्री बी जलविद्युत आयोजना क्षेत्र पुनः प्रभावित भएको प्रशासनले जनाएको छ। मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्