सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं,साउन १५ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

