मोटरसाईकलको ठक्कर बाट एक ब्यक्तिको ज्यान गयो



गोरखा,साउन १५ । गोरखा सदरमुकाममा हिजो साँझपख मोटरसाइकल ठक्कर दिएका ब्यक्त्तीको अबेर राती ज्यान गएको छ ।

ज्यान गुमाउनेमा गोरखा नगरपालिका–१० बिरेनचोकका ७० वर्षीय क्षेत्र बहादुर थापा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले बताए ।

उनका अनुसार हिजो बुधवार आँबुखैरेनीबाट गोरखा बजार तर्फ आउँदै गरेको लु ६१ प ४६८५ नम्बरको मोटरसाइकलले ४ बजेको समयमा थापालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाईते भएका उनको चितवनको मनकामना अस्पतालमा उपचारको क्रममा राती ११ बजे ज्यान गएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

घटना लगत्तै मोटरसाइकल र त्यसका चालक जिल्ला नवलपुर, मध्य बिन्दु नगरपालिका–१ बस्ने वर्ष २९ को साजन जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्