सिन्धुली सडक पुनःनिर्माणमा जापानको अनुदान, रानी जमरा सिँचाइमा विश्व बैंकको १८ अर्ब ऋण सहायता
काठमाडौं,साउन १५ । सरकारले जापान र विश्व बैंकबाट प्राप्त हुने सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले क्षति पुर्याएको सिन्धुली सडक पुनःस्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।
त्यस्तै, रानी जमरा कुलरिया सिँचाइ आयोजना (तेस्रो चरण) का लागि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १३७ मिलियन अमेरिकी डलर (करिब १८ अर्ब ९२ करोड नेपाली रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता पनि स्वीकार गरिएको छ ।

