नेकपा (एमाले) नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं. १ समन्वय समितिको पहिलो बैठक सम्पन्न
नुवाकोट, साउन १५ – नेकपा (एमाले) नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तर्गतको समन्वय समितिको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ। जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित छहरे बजारमा भएको बैठक क्षेत्रीय संयोजक शुशिल खड्काको अध्यक्षता र क्षेत्रीय सचिव दीपेश भेटुवालको सञ्चालनमा सम्पन्न भएको हो।
बैठकका प्रमुख अतिथि पार्टीकी केन्द्रीय नेतृ बिन्दा ढुङ्गाना थिइन्। कार्यक्रममा विशेष अतिथिका रूपमा नेकपा (एमाले) बागमती प्रदेश सचिवालय सदस्य एवं प्रदेश कमिटी सदस्य काशीराज अधिकारी, प्रदेश सदस्य जितेन्द्र विष्ट, जिल्ला अध्यक्ष बद्री मैनाली, जिल्ला सचिव शिव चित्रकार, उपसचिव राजेन्द्र प्रकाश पाण्डे तथा जिल्ला सचिवालय सदस्य लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो।
बैठकमा पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारी, क्षेत्रीय तथा वडा कमिटीका अध्यक्षहरू, निर्वाचित वडा अध्यक्षहरूको समेत उल्लेख्य सहभागिता थियो।
बैठकले संगठन सुदृढीकरण र भावी रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। निर्णयहरूमा क्षेत्रीय, पालिका र वडा कमिटी कार्यालय स्थापना, वार्षिक कार्यक्रमहरूको सम्बन्धन र प्रशिक्षण कार्यक्रमहरू सञ्चालनसम्बन्धी योजना समावेश गरिएको थियोे ।

