अमेरिकी सेना र राष्ट्रपतिको अस्पतालमा बन्दूकधारी छिरेको हल्लापछि…



काठमाडौं,साउन १६  । अमेरिकी सैनिक र अमेरिकी राष्ट्रपतिको उपचार गर्ने वासिङ्टन बाहिरको वाल्टर रिड अस्पताल बिहीबार केही समयका लागि बन्द गर्नुपरेको छ ।

मेरिल्यान्डको मोन्टगोमरी काउन्टीमा रहेको प्रहरीले सामाजिक सञ्जालमा भनेको छ, “अधिकारीहरूले नक्कली बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरेपछि आपतकालीन अवस्था अन्त्य भएको छ ।”

यसअघि, कम्प्लेक्स सञ्चालन गर्ने नेभी युनिटले भनेको थियो, “सम्भावित सक्रिय आक्रमणकारी (शूटर) को रिपोर्टबारे सुरक्षा प्रतिक्रिया दिइरहेको छ र अस्पतालका गतिविधिमा व्यवधान आएको छ ।”

विशाल वाल्टर रीड मेडिकल सेवामा घाइते सैनिकको उपचार गरिन्छ । जहाँ अमेरिकी राष्ट्रपतिहरूको उपचार गर्न र उनीहरूको वार्षिक स्वास्थ्य परीक्षण गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्