‘दौडिन्छ नुवाकोट’ अभियानअन्तर्गत स्वास्थ्यका लागि दौड कार्यक्रम हुने



नुवाकोट, साउन १६ – स्वास्थ्यप्रद जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले नुवाकोटमा ‘दौडिन्छ नुवाकोट’ अभियान अन्तर्गत दौड कार्यक्रम आयोजना हुने भएको छ। नुवाकोट एथलेटिक्स क्लबको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त दौड कार्यक्रम यही साउन १७ गते शनिबार बिहान ७:३० बजे त्रिशुलीमा सुरु हुनेछ।

‘स्वास्थ्यका लागि दौड : जीवनका लागि दौड’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमको प्रारम्भ त्रिशूली पुरानो बजारबाट हुनेछ भने समापन बट्टार पुरानो बजारमा हुनेछ। आयोजकका अनुसार कार्यक्रमको उद्देश्य समुदायमा स्वास्थ्यप्रतिको सचेतना बढाउनु र दैनिक व्यायाम तथा दौडको अभ्यासलाई जीवनशैलीमा समावेश गराउनु हो।

दौडिन्छ नुवाकोट अभियानका संयोजकले सबै विदुर नगरबासीसहित सम्पूर्ण नुवाकोटवासीलाई दौड कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। “We run everyday – it’s like medicine! Health is wealth, run for life!” भन्ने सन्देशसहित उनीहरुले साथीसँगी तथा परिवारका सदस्यसहित सहभागी हुन आह्वान गरेका छन्।

कार्यक्रममा नुवाकोटका विभिन्न उमेर समूहका व्यक्तिहरू, खेलप्रेमी, विद्यार्थी र स्थानीयवासीहरूको सहभागिता अपेक्षित गरिएको छ। आयोजकले दौडलाई मात्र नभई समुदायमा एकताको सन्देश पनि फैलाउने माध्यमका रूपमा हेरेका छन्।

प्रतिक्रिया दिनुहोस्