भक्तपुरमा मृत भेटिएका कँडेल दिदीबहिनीको मृत्युको कारण ‘ह्याङ्गिङ’ : पोस्टमार्टम रिपोर्ट



भक्तपुर,साउन १६ — भक्तपुरको मध्यपुर थिमीमा मृत अवस्थामा फेला परेका सुर्खेतका कँडेल दिदीबहिनीको मृत्युको कारण पास्टमार्टम रिपोर्ट अनुसार ‘ह्याङ्गिङ’ (झुन्डिएर मृत्यु) देखिएको छ।

१७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेलको शव साउन ८ गते मध्यपुर थिमी नगरपालिका–९, सिन्टीटारस्थित एक घरको छेउमा रहेको छाप्रोमा भेटिएको थियो। उनीहरू दुई साताअघि भारतबाट हराएको भनिएपछि भक्तपुर आइपुगेका थिए र त्यहाँ भाडाको कोठामा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी ढुण्डिराज नेउपानेका अनुसार, “पोस्टमार्टम रिपोर्टमा ह्याङ्गिङ नै मृत्युको कारण देखिएको छ तर घटनाबारे अनुसन्धान जारी छ।” उनीहरूका मोबाइल सेटहरू डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको र त्यसको रिपोर्टबाट थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्