अब सवारी चालक अनुमतिपत्र १० वर्षका लागि मान्य



काठमाडौं,साउन १६ — अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षका लागि मान्य हुने भएको छ। सरकारको निर्णयअनुसार अब लाइसेन्स नविकरण गरेपछि पनि यसको मान्यता अवधि १० वर्षसम्म कायम रहनेछ।

यसअघि सवारी चालक अनुमतिपत्रको अवधि ५ वर्षको मात्र हुन्थ्यो। तर, सरकारले सवारी तथा यातायातसम्बन्धी ऐन संशोधन गरी नविकरणपछि पनि लाइसेन्सको अवधि दोब्बर अर्थात् १० वर्ष पुर्‍याएको हो।

नयाँ प्रावधान लागू भएसँगै चालकहरूलाई लाइसेन्स नविकरणका लागि बारम्बार सेवाग्राहीको चाप पर्ने अवस्थाबाट राहत मिल्ने विश्वास गरिएको छ। साथै, यातायात व्यवस्था विभागले यस निर्णयबाट प्रशासनिक प्रक्रिया सरल हुने र सेवाग्राहीको समय तथा खर्च पनि बचत हुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्