नेपाल–चीन सम्बन्धलाई अर्थपूर्ण साझेदारीमा लैजाने प्रधानमन्त्री ओलीको विश्वास



काठमाडौँ, साउन १७ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धलाई अर्थपूर्ण रणनीतिक साझेदारीमा अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आपसी विश्वास र साझाप्रयोजनमा आधारित सम्बन्धलाई अझ मजबुत बनाउँदै नयाँ सहकार्यका बाटो पहिल्याउन आवश्यक रहेको उल्लेख गरे।

उनले जलवायु परिवर्तन र हिमालय क्षेत्रको दिगो विकासमा चीनसँग सहकार्य आवश्यक रहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (BRI) अन्तर्गत सम्पर्क सञ्जाल विस्तार तथा व्यापार विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

चीनका राजदूत छन सोङले नेपाल–चीन सम्बन्ध रणनीतिक साझेदारीमा रूपान्तरण भएको बताउँदै उच्चस्तरीय भ्रमण र सहकार्यलाई निरन्तरता दिइने जानकारी दिए।

समारोहमा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराईसहित राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति थियो। कार्यक्रममा नेपाली र चिनियाँ कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिँदै दुई देशको सम्बन्ध झल्काएका थिए।

प्रतिक्रिया दिनुहोस्