मधेश प्रदेशमा भारी वर्षा



जनकपुरधाम, साउन १७ — मधेश प्रदेशका केही जिल्लामा शनिबार भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा धनुषाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर र हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन गरिएको छ।

रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। सर्लाहीमा ३७.६ र महोत्तरीको गौशालामा ३२.४ मिलिमिटर वर्षा भएको छ भने सिरहा र सप्तरीमा वर्षा न्यून रहेको छ।

मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्दै रहेकाले आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्को प्रक्षेपण छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सरकारले लामो समयसम्म वर्षा नभएको भन्दै मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्