सरकार जनताको चाहनाअनुसार अघि बढिरहेको छ : मन्त्री गुरुङ
काठमाडौं,साउन १८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार योजनाबद्ध रूपमा जनताको चाहनाअनुसार अघि बढिरहेको बताएका छन् ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पोखरामा शनिबारदेखि सुरु भएको चौथो पूर्ण बैठकमा अर्थतन्त्र र शासन प्रणालीलाई सरकारले व्यवस्थित बनाएको र जनताको अपेक्षाअनुरूप परिणाम दिने गरी काम भइरहेको उल्लेख गरे ।
एमालेका उपमहासचिव समेत रहनुभएका मन्त्री गुरुङले मुलुकको आवश्यकताअनुसार पार्टीको नेतृत्व क्षमता अझै उचाइमा पुर्याउन विधान संशोधन प्रस्ताव आएको बताए ।

