‘जनकपुर फिस हाउसमा माछा खाँदा जनकपुरको याद आयो’



काठमाडौं,साउन १८ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौँको नक्साल गैरीधारास्थित मिथिला थाली परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन्  ।

प्रमुख शाहले मास्टरसेफ सन्तोष शाह र उनका दाजु दिलीप शाहद्वारा सञ्चालित जनकपुर फिस हाउसमा आज साँझ माछाका परिकारको स्वाद लिएका हुन्  ।

“यहाँ तयार पारिएका परिकारले तराईमा माछा खाएको स्मरण गरायो । काठमाडौँमा पनि जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लागेको छ”, प्रमुख शाहले भने । उनी पत्नी सबिना काफ्लेसँग मिथिला थाली पुगेका थिए ।

मास्टर सेफ शाह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन। उनले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट तथा गैरीधारामा जनकपुर फिस हाउस सञ्चालन गरेका छन्  । साथै उनले जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरेका छन्  ।

पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरू गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् । जनकपुरमा पाइने माछाका परिकार काठमाडौँबासीलाई चखाउने उद्देश्यले शाहद्वयले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्