रसुवाको बिरामीको हवाई उद्धार
रसुवा,साउन १८ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेका ६७ वर्षीय लेम्बा तामाङको शनिवार हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उनलाई अपेन्डिसाइटिसको समस्या देखिए पछि तत्काल हवाई उद्धार गरिएको हो ।
असार २४ गते लेन्देखोला बाट आएको बाढी र त्यस पछि साउन बाह् गते बुधवार बिहान पुनः आएको बाढीले स्याफ्रुबेशी–टिमुरे सडक खण्ड अवरुद्ध भए पछि गोसाईंकुण्ड गाउँपालिका र ‘मेडिक्स एण्ड माउण्टेनेरियस फाउन्डेसन नेपाल’को सहकार्यमा निःशुल्क रूपमा हेलिकप्टर मार्फत उद्धार गरिएको हो । उनको अहिले काठमाडौँ स्थित मनमोहन स्मृति अस्पतालमा उपचार गरिएको गोसाईंकुण्ड स्वास्थ्य शाखाका संयोजक विमल घिमिरेले बताए ।
गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार विपद्को समयमा आपत्कालीन उद्धारका लागि पालिकाले फाउन्डेसनसँग पूर्व सम्झौता गरिसकेकोले उद्धार कार्य तत्काल सम्भव भएको बताए ।

