एकैदिन ताेलामा ३४०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं,साउन १८ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । गत शुक्रबार तोलामा ५०० रूपैयाँले घटेको सुनको मूल्य आज एकैदिन प्रतितोला ३४०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्