तनहुँमा यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार कार्य जारी



तनहुँ, साउन १८ — नारायणगढबाट गोरखा जाँदै गरेको यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको छ। आइतबार दिउँसो आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा बा २ ख १०७७ नम्बरको बस सडकबाट चिप्लिएर मर्स्याङ्दी नदीमा खसेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्थानीयवासीले दुर्घटनाको खबर दिएपछि तत्कालै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहकार्यमा उद्धार कार्य सुरु गरिएको थापाले बताए ।

बसमा कति यात्रु सवार थिए र क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र घटनास्थलमा उद्धार कार्य तीव्र पारिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्