नुवाकोटको सुइरेचौर नजिकै ‘गुरुङ भिलेज रिसोर्ट’को शुभारम्भ



नुवाकोट, साउन १८ — नुवाकोटको पर्यटकीय क्षेत्र सुइरेचौर नजिकै टोखा–छहरे सडकखण्डमा पर्ने शिवपुरी गाउँपालिका–७ स्थित गुरुङ गाउँमा ‘गुरुङ भिलेज रिसोर्ट’को औपचारिक शुभारम्भ भएको छ।

बागमती प्रदेश सभासद् राधिका तामाङले आइतबार एक समारोहका बीच रिसोर्टको उद्घाटन गरेकी हुन। कार्यक्रममा उनले नुवाकोटको पर्यटन विकासका लागि स्थानीयस्तरमा स्थापित यस्ता रिसोर्टहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।

शुभारम्भ कार्यक्रममा उपस्थित अतिथिहरूले रिसोर्ट सञ्चालक रबिन गुरुङलाई व्यावसायिक सफलताको शुभकामना दिएका थिए। गुरुङ भिलेज रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी स्थानिय संस्कृति, रहनसहन र प्राकृतिक सौन्दर्यसँग नजिकबाट अवलोकन गर्न सकिने सुविधा प्रदान गर्ने बताइएको छ।

रिसोर्टको सञ्चालनसँगै नुवाकोटको सुइरेचौर क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्