बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा राजीनामा
काठमाडौँ,साउन १८ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ्ले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका छन् । हेटौडामा आज आयोजित पत्रकार सम्मेलनमा उहाले आफूले पदबाट राजीनामा दिएको बताएका हुन् ।
उहाले भोलि नै आफूले प्रदेश प्रमुखलाई भेटेर राजीनामा पत्र बुझाउने पनि उल्लेख गरे । यसैबीच प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि आहवान गरेपछि नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँले आफूले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने बताएका छन् ।
२०८१ साउन ९ गते मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंह लामाले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज पदबाट राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको उनले जानकारि दिए ।
मुख्यमन्त्री लामाले मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्याकालको विवरण सुनाए ।

