आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं,साउन १९ । साेमबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे एकैदिन ३४०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला १०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ आज छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्