लिखु गाउँपालिका-१ रतनदेउमा भैरबी सामुदायिक स्वास्थ्य इकाई उद्घाटन
नुवाकोट, साउन १९ — नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १, रतनदेउमा भैरबी सामुदायिक स्वास्थ्य इकाईको आज औपचारिक उद्घाटन गरिएको छ।
गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले एक कार्यक्रमका बीच स्वास्थ्य इकाईको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन्। वडा नम्बर १ का वडा अध्यक्ष नरहरि पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शुभद्रा अधिकारी उप्रेती, वडा नम्बर २ का अध्यक्ष प्रेम थापामगर, कार्यपालिका सदस्य, वडा सदस्य, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।
स्वास्थ्य इकाई सञ्चालनमा आएपछि स्थानीयवासीहरूले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्ने आशा गरिएको छ। उद्घाटन कार्यक्रममा वक्ताहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तारले स्थानीयको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

