दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश



काठमाडौँ, साउन १९ — उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा २८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुरमा २५ लाख र राजावादी प्रदर्शनको मुद्दामा ३ लाख धरौटी माग गर्दै रिहा आदेश दिएको हो।

त्यस्तै, राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सुशील बराल र तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरिएको छ।

दण्डपाणी रेग्मीलाई भने १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ। प्रसाईंविरुद्ध बैंकिङ कसुर र राजावादी प्रदर्शनमा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्