प्रतिताेला १९०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?



काठमाडाैं,साउन २० । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । सुनकाे मूल्य आज एकैदिन प्रतिताेला १९०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ९८ हजार ५०० रूपैयाँ निर्धारण गरिएकाे छ ।

हिजाे ताेलामा १०० रूपैयाँले बढेकाे छापावाल सुन प्रतिताेला १ लाख ९६ हजार ६०० रूपैयाँमा खरिदबिक्रि भएकाे थियाे ।

त्यस्तै आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्