बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीको सपथ ग्रहण आजै



काठमाडौं,साउन २० । बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन्।

मुख्यमन्त्रीको नियुक्ति ३ बजे हुने र आज साँझ नै सपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले बताए ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

सोहीअनुरुप नेपाली काग्रेस र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन्  । दाबी पेश गर्ने समयसीमा आज दिउँसो २ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्