नुवाकोटमा प्रधानाध्यापकद्वारा आत्महत्या
नुवाकोट, साउन २० । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ निवासी वरदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक एकाराम सिलवालले आत्महत्या गरेका छन्।
स्थानीयहरूका अनुसार ५५ वर्षीय सिलवालले मंगलबार बिहान करिब ८ बजेतिर घर नजिकै रहेको आफ्नै गोठमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्। सिलवाल विगत लामो समयदेखि बेलकोटगढी–१०, पोखरीथोकमा रहेको विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत थिए।
वडा नम्बर १० का वडा अध्यक्ष प्रल्लाद थपलियाले आत्महत्याको कारण खुल्न नसकेको बताएका छन्। घटनापछि सिलवालको शव त्रिशूली अस्पतालमा लगिएको र पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए।

