पञ्चकन्यामा दुई दिने पोषण समिक्षा कार्यक्रम सम्पन्न



नुवाकोट, साउन २० । पञ्चकन्या गाउँपालिकामा दुई दिने पोषण समिक्षा कार्यक्रम सम्पन्न भएको छ। सोमबार र मंगलबार भएको कार्यक्रम गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा उपाध्यक्ष विमला केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिला चाम्लिङ, गाउँपालिका तथा अन्तर्गतका स्वास्थ्य संस्थाका कर्मचारीहरू र जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको उक्त समिक्षा कार्यक्रममा पोषणसम्बन्धी हालको अवस्था, सेवा प्रवाहमा देखिएका चुनौतीहरू र सुधारका सम्भावनाहरूबारे छलफल भएको थियो। सहभागीहरूबीच पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरिएको थियो।

गाउँपालिका अध्यक्ष तामाङले पोषणको विषयलाई प्राथमिकतामा राख्दै समुदायमा सचेतना विस्तार गर्नु आवश्यक रहेको बताउँदै कार्यक्रम सफलताको कामना व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्