जनसेवामा समर्पित दुप्चेश्वरका कर्मचारी: बेतिनीमा घुम्ती सेवा सम्पन्न
नुवाकोट,साउन २१— “जनताको सेवाप्रति निरन्तर सदैव समर्पित” रहने प्रतिबद्धता अनुसार दुप्चेश्वर गाउँपालिका साबिकका वडाहरु १, २, ३ मा केन्द्र आधार बनाई जिम्नाङमा र ७, ८, ९ वडामा सिङक्योङ्पा गाउँ केन्द्र बनाई घुम्ती सेवा सञ्चालन गरिएको छ।
साउन १९ र २० गते वडाका कर्मचारी सहितको टोलीले नागरिकताको सिफारिस, जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, सामाजिक सुरक्षा भत्ता नविकरण लगायतका सेवा स्थलमै पुगी सम्पन्न गरेको हो।
“जनताले सेवा पाउन कार्यालय धाउनु नपरोस्, हामी स्वयं सेवा लिएर नागरिककोमा जाने हो,” अभियानमा संलग्न टिमले जनाएका छन्। साबिक वडाहरुमा सम्पन्न घुम्ती सेवामा स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता देखिएको छ।
त्यस्तै, काठमाडौंमा बसोबास गर्ने बेतिनीका जनसमुदायका लागि आगामी साउन २३ गतेदेखि सामाजिक सुरक्षा भत्ता नविकरण तथा अन्य सेवा दिने तयारी गरिएको छ। “काठमाडौंमा रहेका सेवाग्राहीहरुलाई सहजता पुर्याउने उद्देश्यले हाम्रो टिम त्यहाँ सेवा लिएर जानेछौं,” टिमले जानकारी दिएको छ।

